+

बालबच्चालाई चकलेटले कस्तो हानि गर्छ ?

२०८० जेठ  ३२ गते १८:५६ २०८० जेठ ३२ गते १८:५६
बालबच्चालाई चकलेटले कस्तो हानि गर्छ ?

काठमाडौं । मनपर्ने खानेकुराको नाम के हो ? बालबालिकालाई यो प्रश्न सोध्ने हो भने उनीहरुले हत्तपत्त जवाफ दिइहाल्छन्- चकलेट ।

चकलेटमा हुने गुलियोपन र त्यसको आकर्षक स्वरूपमा उनीहरु लोभिने गर्छन् । त्यसैले त अभिभावक पनि आफ्ना बालबच्चा कुनै कुरामा रिसाए वा रुँदा चकलेटको प्रलोभन दिएर सम्झाउँछन् । यस्तोमा बच्चाहरु पनि चकलेट दिंदा मख्ख पर्ने र नपाउँदा डाँको छोडेर रुने गर्छन् ।

आमाबाबुले दिएको यो लोभपछि बच्चाहरूको बानी बन्छ । चकलेट अत्यधिक खाने बानीले उनीहरुको स्वास्थ्यमा असर पुग्ने चिकित्सकहरु बताउँछन् ।

यस्ता छन् बेफाइदा 

पौष्टिक तत्वका अभाव

अत्यधिक मात्रामा चकलेट खाने बानी स्वास्थ्यको हिसाबले फाइदाजनक नहुने बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल बताउँछन् । उनका अनुसार चकलेटले पेटलाई टन्न पारिदिन्छ । अन्य खानेकुरा नखाँदा शरीर राम्रोसँग वृद्धि विकास हुन पाउँदैन ।

‘बच्चालाई जति चकलेट दिइन्छ, त्यति उनीहरुमा चुरोटको लत लागेजस्तै चकलेटको लत लाग्छ । यसले उनीहरुलाई चकलेटबाहेक अन्य खानेकुरा खानै मन नलाग्ने गराउँछ,’ उनले भने, ‘फलस्वरूप पौष्टिक तत्वको कमी हुन्छ र उनीहरु कमजोर हुँदै जान्छन् ।’

मोटोपन

चकलेटमा पाइने चिनीले शरीरमा चिनीको स्तर बढाइदिन्छ । अझ मोटोपन भएका बालबालिकामा मधुमेह गराउन पनि चकलेट कारकको रुपमा देखा पर्न सक्ने डा. पोखरेल बताउँछन् । अत्यधिक चकलेटको सेवनले बालबालिकामा मोटोपनको पनि समस्या ल्याउँछ ।

बेचैन गराउँछ

डा. पोखरेलका अनुसार चकलेटमा चिनी, थियोब्रोमाइन र फेनिलेथिलामाइन जस्ता अन्य धेरै उत्तेजक तत्व हुन्छन्, जसले बच्चाको स्नायु प्रणालीलाई हानि पुर्‍याउँछ । वयस्कले जति क्याफिनको भार बालबालिकाले सहन सक्दैनन् ।

यसले बच्चालाई धेरै बेचैन महसुस गराउन सक्ने, पेट दुखाउने समस्या गराउन सक्ने डा. पोखरेल बताउँछन् । त्यसबाहेक यसबारे भएका केही अन्तर्राष्ट्रिय अध्ययन अनुसार चकलेटमा पाइने क्याफिनले मुटुको धड्कन पनि बढाउने हुँदा निद्रामा समस्या समेत देखाउने र चकलेटमा एन्डामाइड एसिडले मस्तिष्कको कार्यलाई हानि पुर्‍याउने देखिएको उनको भनाइ छ ।

दाँतमा असर

चकलेट धेरै खानु दाँतको लागि अति हानिकारक हुने दन्त चिकित्सक डा. मनिषा खर्बुजा बताउँछिन् ।

‘चकलेटमा हुने चिनी दाँतमा अड्किने र टाँसिने गर्छ । बच्चाहरुमा कुल्ला गर्ने ज्ञान हुँदैन, जसले अड्किएको चकलेटमा जीवाणु फैलिएर एसिड उत्पादन गर्छ,’ उनी भन्छिन्, ‘त्यसले खानेकुरा बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ । जसकारण दाँतलाई बलियो बनाउने तत्त्व खनिज बिस्तारै खिइँदै जान्छ ।’

दाँत कीरा लाग्ने त छँदैछ, इनामेल पनि उमेर भन्दा छिटो जान सक्ने हुँदा सकेसम्म बच्चालाई चकलेट नदिन र दिए पनि सीमित मात्रामा दिन उनी सुझाउँछिन् । तर चकलेट खाएपछि अनिवार्य मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

चकलेटको बानी कसरी छुटाउने ?

धेरैजसो बालबालिकामा चकलेटको लत नै बसिसकेको हुन्छ । उनीहरु चकलेट नपाए शान्त नै नबस्नेसम्म हुन्छन् । यस्तोमा उनीहरुलाई बिस्तारै यसको लतबाट छुट्कारा दिलाउन फलफूललाई नै आकर्षक ढंगले विभिन्न आकारमा डिजाइन गरेर दिन डा. पोखरेल सुझाउँछन् । यसले उनीहरुमा चकलेटको तल बिस्तारै हट्ने र फाइबरजस्ता तत्व बढी खाने हुँदा शरीरलाई पौष्टिक तत्व पुग्ने उनी बताउँछन् ।

चकलेट बालबच्चा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज