+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसको प्रचार विभागमा ३९ जना थपिए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १९:४८

३२ जेठ, काठमाडौं। नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रसार विभागलाई विस्तार गरेको छ। केन्द्रीय सदस्य मीन विश्वकर्माको नेतृत्वमा रहेको विभागमा थप ३९ जना थपिएको छ। विभागमा प्रमुखसहित बढीमा ५० जना हुने व्यवस्था छ ।

बिहीबार गरिएको विस्तार अनुसार दिपकप्रसाद कुईकेल, गोपाल झा, कृष्णप्रसाद वस्याल, तिलक राई, गोविन्द परियार,चन्द्रेश्वर खत्वे, गणेश के.सी., शिला इजम, गंगाधर पराजुली, लोकराज ढकाल, सन्तबहादुर चेपाङ्ग, राजु मास्के, उमिद वागचन, लिला खनाल विभागको सदस्य बनेका छन्।

थप सदस्यहरुमा चेतराज रेग्मी, मिथलेश मिश्र, मोती पौडेल, पवन अधिकारी, कमला पाण्डे, फुलमाया सुनार, राजवहादुर गुरुङ्ग, राघव गौतम, अनुषा नेपाल, निगम हुमागाई, गोविन्द मरासीनी, हुकुमबहादुर वुढा, रम्भा मिश्र, लवदेव ढुङ्गाना, दिनेशविक्रम शाह,सुरेश यादव, इन्द्र रिजाल छन्।

साथै, प्रचार विभागमा पर्ने सदस्यहरुमा डा. मो. ओजिर देवान, पूर्णबहादुर नेपाली,अशोक नाथ योगी, विष्णुप्रसाद तिम्सीना, दिपेन्द्र वान्तवा, सज्जन ठाकुर छन्।

विदेशबाट समेत प्रचार विभागका सदस्य थपिएको छ। अष्ट्रेलियाबाट प्रकाश खरेल र बेलायतबाट विनोद मोक्तानलाई समेटिएको छ।

विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्दछ। सभापति देउवाले डेढ महिनामा एक मात्रै विभागको प्रमुख तोकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?