+
+

हलिउड फिल्म ‘स्पाइडरम्यान : एक्रस द स्पाइडरभर्स’लाई यूएईमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते ११:२९

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यान’को पछिल्लो शृंखला ‘स्पाइडरम्यान : एक्रस द स्पाइडरभर्स’लाई साउदी अरेबियाले प्रतिबन्ध लगाएको छ । भेराइटी म्यागजिनका अनुसार ट्रान्सजेन्डर पात्रप्रति आपत्ति जनाउँदै त्यहाँको सेन्सर बोर्डले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

ट्रान्सजेन्डर झण्डा र उनीहरुको जीवनलाई जोगाऔं भनेर लेखिएको दृश्यलाई लिएर फिल्मको प्रदर्शन रोकिएको हुन सक्ने अनुमान गरिएको छ । सोनी पिक्चर्सको यो फिल्म आगामी जुन २२ मा संयुक्त अरब इमिरेट्समा प्रदर्शन हुने तयारीमा छ । तर समलिंगीसम्बन्धी कथावस्तुको फिल्मलाई अरब मुलुकमा प्रतिबन्ध लगाइनु चाहिं अस्वाभाविक होइन ।

हलिउडको अर्को एनिमेटेड फिल्म ‘लाइट इयर’ पनि समलिंगी चुम्बनको दृश्यका कारण प्रदर्शन रोकिएको थियो । साउदी अरब, कुवेत र मलेसियाले पनि ‘टोय स्टोरी’को श्रृंखलालाई प्रतिबन्ध लगाइसकेका छन् । यो स्पष्ट छैन कि ‘स्पाइडर-भर्स’ साउदी अरेबियामा रिलिज हुनेछ कि छैन । यद्यपि यूएईको सेन्सरसिप नियम साउदी अरेबियासँग मिल्दोजुल्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?