+
+

चार यारहरुले बजेट लुटे : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १५:३७

१ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आर्थिक वर्ष २०८०/८१ को बजेटलाई चार यारहरुले लुटेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा मन्त्रालय बजेटमाथि भएको छलफलमा भाग लिँदै डा. राउतले बजेटको सम्बन्धमा दिएको सुझा कार्यान्वयन नभएको बताए ।

समग्र व्यवस्था र संसदमाथि नै प्रहार भयो भन्ने आफ्नो चिन्ता रहेको भन्दै उनले भने, ‘जसरी बैंक लुट्दा चार यारहरुले लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएका जस्ता देखिन्छन् । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ ।’

वैशाखमा बारामा मत पेटिका लुटेको भन्दै उनले जेठमा आएर बजेट लुट्ने काम गरेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?