+
+

‘इट प्रे लभ’ की लेखिकाको नयाँ किताबमा छिर्‍यो रुस-युक्रेन विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १५:५३

एजेन्सी। चर्चित लेखिका एलिजावेथ गिल्बर्टको नयाँ उपन्यास स्नो फरेस्ट प्रकाशन अनन्तकालसम्मका लागि धकेलिएको छ।रूस युक्रेन युद्धको पृष्ठभूमिमा उनको रुससम्बन्धी उपन्यास आउन लागेको खबर बाहिरिएसँगै विरोध भइरहेको हो। अनलाइन साइटहरु तथा सोसल मिडियामा गिल्बर्टको विरोध भइरहेको छ।

गिल्बर्ट चर्चित संस्मरण पुस्तक इट प्रे लभकी लेखिका हुन्। ‘यो समय उपन्यास प्रकाशनका लागि उपयुक्त रहेन यसको प्रकाशन अनन्तकालसम्मका लागि धकेलिएको छ,’ नयाँ किताब स्नो फरेस्टबारे उनले इन्स्टाग्राममार्फत पाठकलाइ जानकारी गराएकी छिन्।

रुसको परिवेशमा केन्द्रित रहेर लेखेको उपन्यास युद्धको समयमा सार्वजनिक गर्न खोजेको भन्दै उनको निकै आलोचना भएको थियो। पुस्तक विक्रीमा सर्वश्रेष्ठ सूचीमा रहेकी गिल्बर्टको उपन्यास प्रकाशन धकेलिएपछि साहित्यिक क्षेत्रमा नयाँ बहस सिर्जना भएको छ। उपन्यासमा विवादित मुलुकबारेको प्रस्तुतीकरणमा बहस सिर्जना भएको छ।

आफूले युक्रेनका पाठकबाट धेरै नै प्रतिक्रिया प्राप्त गरेकाले पुस्तकको प्रकाशन धकेलेको गिल्बर्टको भनाइ छ। ‘मैले युक्रेनी पाठकबाट अधिक प्रतिक्रिया प्राप्त गरेँ। अधिकांशले दु:ख व्यक्त गरे। धेरैले आक्रोश जनाए। कोही असाध्यै रोए पनि।  उपन्यासको विषयवस्तु जस्तोसुकै भएपनि रूसको परिवेशमा लेखिएको उपन्यास सार्वजनिक हुन गएकोप्रति उनीहरूमा थप पीडा देखेँ,’उनले भनेकी छिन्।

पीडामा रहेका युक्रेनीलाइ आफूले थप पीडा दिन नचाहेको उनले बताएकी छिन् । ‘पुस्तक प्रकाशनका लागि यो समय उपयुक्त  होइन। पीडामा रहेका युक्रेनीलाइ थप पीडा थप्ने पक्षमा म छैन,’ उनले भनेकी छिन्।

स्नो फोरेस्ट नामको उपन्यास प्रकाशनको मिति १३ फेब्रुअरी २०२४ रिखएको थियो । यो बेला रूसले युक्रेनमा हमला गरेको दोस्रो वर्ष हुनेछ। त्यस उपन्यास सोभियत सरकारको विरोध गर्दा सन् १९३०मा रूसबाट निर्वासन हुन बाध्य परिवारमा केन्द्रित छ।

उपन्यासको चरित्र र परिदृश्य रूसको रहेको भन्दै इन्टरनेटमा गिल्बर्टको उपन्यासको तीव्र विरोध भएको थियो। इन्टरनेटको विरोधकै कारण सेल्फ सेन्सरसिप गर्नाले चकित परेको कतिपय उपन्यासकारले बताएका छन्।

‘उपन्यासको सेट जहाँसुकै होस्, पात्र सो सुकै होऊन्। यदि लेखकले कुनै नराम्रो काम गरेको छैन भने आत्तिपर्ने अवस्था आउनुहुँदैन,’ लेखक मक्काइले ट्वीट गरेकी छिन्।

लेखक गिल्बर्ट निकै चर्चित छिन् । उनको संस्मरण इट, प्रे लभको लाखौँ प्रति विक्री भएको थियो। यसमा आधारित चलिचत्र समेत बनेको थियो।

स्नो फोरेस्ट छाप्ने तयारी गरेका प्रकाशक रिभरहेड बुक्सका अनुसार  गिल्बर्ट आफ्नो निर्णयलाइ पुर्नविचार गर्ने पक्षमा छैनन्। रूस युक्रेन द्वन्द्व चर्किएसँगै रूसका साहित्यिक कृतिदेखि साहित्यकारसम्मलाइ संघ संस्थाहरूले किनाराकृत गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?