+
+

गण्डकीले बाँदर प्रभावित क्षेत्रमा घाँसखेती र पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १७:५६

१ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारले बाँदर प्रभावित क्षेत्रमा घाँसखेती गरी पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । सरकारले उक्त कार्यक्रमका लागि १ करोड ५२ लाख बजेट विनियोजन गरेको छ ।

सरकारले स्थानीय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारणा लागु गरी ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

‘बाँझो रहेको खेतीयोग्य जमीनमा खेती गर्न कृषकलाई प्रोत्साहन गरिनेछ । बाँदर प्रभावित क्षेत्रमा घाँसखेती गरी पशुपालन व्यवसायलाई प्रवर्द्धन गरिनेछ,’ प्रदेशको आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?