+
+

कर्णाली प्रदेशले आफ्नै उत्पादनको प्रयोगलाई प्राथमिकता दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:३९

१ असार, काठमाडौं । कर्णाली प्रदेशले आयात प्रतिस्थापनका लागि आफ्नै प्रदेशको उत्पादन प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको बताएका हुन् ।

प्रदेशले आफ्नै प्रदेशमा उत्पादन हुने वस्तुको प्रयोग र बजार सुनिश्चित गर्न यस्तो कार्यक्रम अघि सारेको जनाएको छ ।

बजेटअनुसार अब प्रदेश सरकारका लागि आवश्यक पर्ने वस्तुहरु खरिद गर्दा अन्यको तुलनामा २० प्रतिशतसम्म महँगो भएपनि आफ्नै उत्पादन खरिद गर्ने बजेटमा उल्लेख छ । यस्तै प्रदेशले ग्रीन बिजनेस स्टार्टअप फण्डको व्यवस्था मिलाएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?