+
+

५ प्रमाण जसले पूर्वगृहमन्त्री खाँणलाई जेल पुर्‍याए

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते २०:०२

१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

२७ वैशाखमा पक्राउ परेका कांग्रेस नेता समेत रहेका खाँणले कहिल्यै अभियोग स्वीकार गरेनन् ।

सरकारी वकिलको कार्यालय र अदालतमा पनि उनले इन्कारी बयान दिएका थिए । शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि पनि उनले आफू यो घटनामा सामेल नै नभएको जिकिर गरेका छन् ।

तर न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पाँच आधार अघि सार्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता देखिएको ठहर गरेको छ ।

इजलासले भुटानी शरणार्थी समस्या समाधानका लागि बनेको बालकृष्ण पन्थी कार्यदलले बुझाएको प्रतिवेदनको नक्कल कपी खाँणकै पालामा गृह मन्त्रालयमा तयार भएको ठहर गरेको छ ।

यो प्रकरणका योजनाकार केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको सम्वाद र पाण्डेको बयानबाट समेत यो कसूरमा पूर्वगृहमन्त्री खाँणको संलग्नता देखिएको अदालतको ठहर छ ।

पहिलो, बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदमा पेश गर्न १२ मंसिर २०७८ मा स्वीकृत दिएको ।

दोस्रो, छुट शरणार्थीको विवरण पेश गर्न १४ असोज २०७८ मा कार्यदल बनाएको, कार्यादेशसँगै म्याद थप गरेको ।

तेस्रो, खाँण गृहमन्त्री भएकै समयमा मन्त्रिपरिषद्बाट प्राप्त प्रतिवेदनसँग मिल्ने नक्कली प्रतिवेदन गृह मन्त्रालयमा तयार भएको ।

चौथो, प्रेमनाथ पन्थीको जाहेरीमा पीडितहरुले रकम फिर्ता गर्न दबाव दिएकाले केशवप्रसाद दुलालले गृहमन्त्री हाम्रै मान्छे हुन्, गृहमन्त्री र गृहसचिवसँग कुरा भइरहेको छ । अब रकम फिर्ता गर्ने होइन, अमेरिका जाने हो भने उल्लेख गरेको ।

र, पाँचौं, केशव दुलाल र टेकनारायण पाण्डेको सम्वाद र पाण्डेको बयानबाट समते कसुरमा संलग्नता देखिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?