+
+

ललितपुरको बाहुनधारामा बस दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते ७:५१

२ असार, काठमाडौं । ललितपुरमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारामा दुर्घटना भएको हो ।

अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । तर,  दुर्घटनामा घाइतेहरू संख्या र पहिचान यकिन भइनसकेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ ।

तस्वीर : पूर्णप्रसाद श्रेष्ठको फेसबुकबाट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?