+
+

‘दान्भी’मा एक्सन अवतारमा पूजा, कुन्साङसँग जोडी पक्का

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते ९:३९

काठमाडौं । नेपाली फिल्ममा अभिनेत्री पूजा शर्मालाई दर्शकले लभस्टोरी फिल्ममा बढी हेर्दै आएका छन् । प्रेमकथामा आधारित उनका फिल्महरु ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ चर्चित रहे ।

अब दर्शकले अब शर्मालाई एक्सन जनरामा हेर्न पाउनेछन् । शुक्रबार पूजाले दशौं फिल्मको रुपमा ‘दान्भी’को घोषणा गरेकी छन् जसको टिजर पोस्टरमा उनलाई एक्सन लुक्समा देख्न सकिन्छ ।

चाँडै छायांकन सुरु हुन जनाइएको फिल्ममा शर्मालाई एक्सन लेडीको भूमिकामा देख्न पाइने बुझिएको छ । उनले डेब्यु ब्वाय तथा मोडल कुन्साङ बोमजनसँग स्क्रिन सेयर गर्नेछिन् । टिजर पोस्टरमा पूजा र बोमजनको केमेस्ट्री निर्माणको प्रयास गरिएको छ ।

फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । तामाङले यसअघि ‘जय शम्भु’ निर्देशन गरेका थिए । नयाँ फिल्मबारे उनले भने, ‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’

फिल्मलाई लिएर अभिनेत्री शर्मा उत्साहित सुनिइन् । फिल्मका लागि मिहेनत गरिरहेको बताइन् । भन्छिन्, ‘दर्शकमा मलाई लिएर लभस्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले नयाँ अवतार देख्न पाउनुहुनेछ ।’ बोमजमले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

नेपाल र भारतको सिक्किम फिल्म छायांकन गर्ने तयारी छ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । अन्य कलाकार र टिम सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?