+
+

दलले मेरो नेता निर्दोष छ भन्ने होइन, अदालतले भन्नुपर्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते १९:३७

२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोप लागेका नेताहरुको प्रतिरक्षा गर्न नहुने बताएका छन् ।

शनिबार काठमाडौं मा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्ता घटनामा कुनै पनि दलले आफ्नो पार्टीको अमुक नेतालाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने धारणा राखेका हुन् ।

‘मेरो पार्टीको अमुक नेता चाहिँ निर्दोष हुनुहुन्छ, फसाउन खोजिदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं । यो देशमा कानुन छ, संविधान छ, अख्तियार छ, अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ, लिएर गएर पार्टीको नेतृत्व गराऊ । अथवा तिम्रो दलका नेता दोषी देखिनुभयो । नख्खु जेलमा भेटन जाऊ भन्ने कुरा कसले गर्छ भन्दा अदालतले गर्छ’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी शनिबार पुर्पक्षका लागि थुनामा पठाइएका छन् । नेता शर्माले कुनै पनि दलले निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने उद्देश्य मात्र राख्नुपर्ने बताए ।

महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहो¥याएर नहुने, प्रधानमन्त्री दुई पटक भन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?