+
+

शिवरात्रिमा आउने भयो नवलको ‘काँडेतार’, आर्थिक अनुदान दिन सरकारलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ११:२८

काठमाडौं । निर्माता तथा निर्देशक नवल खड्काले जन्मदिनको अवसरमा आइतबार फिल्म ‘काँडेतार’को प्रदर्शन मिति घोषणा गरेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले फागुन २५ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । महाशिवरात्रि परेकाले उक्त दिन सार्वजनिक बिदा पनि छ ।

नेपाल र भारतको सीमामा काँडेतार लगाएर सीमा व्यवस्थित गर्नुपर्छ भन्ने सन्देश दिने यो फिल्मलाई खड्काले नै निर्माण तथा निर्देशन गरेका हुन् । सार्वजनिक पोस्टरमा उनलाई खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको दृश्य देख्न सकिन्छ ।

सेन्सर बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोकिदिएपछि चर्चित बनेको यो फिल्मलाई त्यसपछि केही दृश्य हटाएपछि सेन्सर पास भएको थियो । प्रदर्शन मिति घोषणा गर्दै खड्काले यो फिल्मलाई आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन र विदेशमा प्रदर्शनका लागि कूटनीतिक पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

यो फिल्म राष्ट्र र राष्ट्रियताको कथावस्तु पेश गर्ने उनको भनाइ छ ।  फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य छ ।

नवलसँगै माकिको राई र अञ्जु केसी फिल्मको निर्मातामा छन् भने कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?