+
+

पर्यटन मन्त्रालयले प्रदेशको नामको सट्टा अंक राखेपछि …

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १२:५६
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती । फाइल फोटो

३ असार, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल भइरहेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसबन्धी विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशको नाम उल्लेख नगरेका कारण पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुन सकेन ।

मन्त्रालयगत योजना समावेश भएको पुस्तकमा प्रदेशको नामको सट्टा १/२/३ भनेर उल्लेख गरिएको थियो । एमाले सचेतक महेश बर्तौलाले यसमा नियमापत्ति गरे । मन्त्रालयगत योजना समावेश भएको पुस्तकमा उल्लेख भएको प्रदेश १/२/३ … लाई आफूहरुले नचिन्ने भन्दै सच्याउन माग गरेका थिए ।

लगतै पर्यटनमन्त्री सुदन किराँतीले पुस्तकको पेज जम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने बताए । लगतै सभामुखले मन्त्रीले सच्याएर ल्याउने प्रतिवद्धता जनाएको भन्दै  अंकको ठाउँमा नाम मानेर मन्त्रालयगत छलफल अघि बढाउन आग्रह गरे ।

तर एमालेले मानेन । एमाले सचेतक बर्तौलाले कुस राखेजसरी मान्न नसकिने भन्दै सच्याएर नल्याएसम्म छलफल हुन नसक्ने बताए । त्यसपछि सभामुखले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई कार्यसूचीबाट हटाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?