+
+

पुटिनले किन पठाए बेलारुसमा परमाणु हतियार ?

एजेन्सी एजेन्सी
२०८० असार ३ गते १४:१७

बेलारुसकी निर्वासित नेतृ स्वेतलाना तिखानोभ्स्कायाले बेलारुसलाई परमाणु हतियार प्रदान गर्ने रुसी कदम खतरनाक रहेको चेतावनी दिएकी छिन् ।

हालै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले परमाणु हतियार बोक्ने मिसाइल तथा परमाणु बमको पहिलो खेप रुसबाट आफ्नो मुलुक बेलारुस आइपुगेको पुष्टि गरेका छन् ।

राष्ट्रपतिको उक्त भनाइ लगत्तै स्वेत्लानाले रुसी परमाणु हतियार बेलारुसमा एक पागल तानाशाहको हातमा दिनु खतरनाक रहेको टिप्पणी गरेकी छिन् ।

पोल्याण्डको वार्सामा बीबीसीसँग कुरा गर्दै उनले सोभियत संघको सन् १९९१ मा विघठन पश्चात् पहिलोपटक रुसबाहिर परमाणु हतियारको तैनाथीका विषयमा पश्चिमी मुलुकका नेताहरुले समेत बोल्न नसकेको आरोप लगाएकी छिन् ।

बेलारुसका निरंकुश राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले देशको एक अज्ञात स्थानमा रुसी सरकारी टेलिभिजन प्रस्तोतासँग कुराकानी गर्दै परमाणु हतियार आपूर्तिको पुष्टि गरेका हुन् ।
उक्त कुराकानीका क्रममा भिडियोको पृष्ठभूमिमा सैन्य ट्रक तथा सैन्य उपकरणहरु देखिएका छन् ।

लुकासेन्कोलाई रुसका मुख्य सहयोगीको रुपमा लिइन्छ र बेलारुसले सन् २०२२ को फेब्रुअरीबाट सुरु भएको युक्रेनविरुद्धको रुसी आक्रमणमा लन्चप्याडको भूमिका निर्वाह गरेको छ ।

किन उत्साहित छन् लुकासेन्को ?

लुकासेन्कोले युक्रेनलाई सहयोग गरिरहेका पश्चिमा मुलुकहरुलाई तर्साउने मनसायका साथ रुसी बमहरुको बखान गरेका छन् । उनका अनुसार रुसी परमाणु बम विश्वयुद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेका बमभन्दा तीन गुणा शक्तिशाली छन् ।

आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग केवल परमाणु हतियारका लागि आग्रह मात्र गरेको नभइ परमाणु हतियार फिर्ता गर्न माग नै गरेको दाबी उनको छ । बाह्य आक्रमणबाट जोगिनका लागि परमाणु हतियार आवश्यक रहेको पनि उनले बताए ।

यद्यपि उनको यस्तो दाबी मुलुकमा आफ्ना राजनीतिक विरोधीहरुलाई दबाउनका लागि अस्त्रको रुपमा प्रयोग गरिरहेको आशंका गरिएको छ ।

लुकासेन्को सन् १९९४ देखि बेलारुसको सत्तामा छन् । सन् २०२० मा भएको विवादित राष्ट्रपति चुनावमा उनले आफ्नो जित भएको दाबी गरेका थिए, जसको विरुद्धमा त्यहाँ व्यापक प्रदर्शन भएको थियो ।

प्रदर्शन दबाउनका लागि बेलारुसको केबिजी सेक्योरिटी सर्भिस तथा दंगा पुलिसले प्रदर्शनकारीमाथि बर्बर दमन गरेको थियो ।

युक्रेन तथा कजाकिस्तान जस्तै बेलारुसले पनि सन् १९९० को दशकमा सोभियत संघको विघठन पश्चात् रुस तथा पश्चिमी मुलुकहरुले सुरक्षाको ग्यारेन्टी प्रदान गरेसँगै आफ्ना परमाणु हतियारहरु रुसलाई दिएका थिए ।

त्यसैले बेलारुसमा पुनः परमाणु हतियार तैनाथ गर्ने रुसी कदम उक्त नीतिको विपरीत हुनका साथै निकै संवेदनशील घटनाक्रमको रुपमा लिइएको छ ।

बेलारुसका राष्ट्रपतिको दाबीका बाबजुत रुसी परमाणु हतियार बेलारुसमा पुर्‍याएको कुराको अन्य सबूत प्रमाण भने देखिएको छैन र रुसले पनि यसबारेमा बताएको छैन ।

बेलारुसलाई दिइएका हतियार कस्ता हुन् ?

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गत मार्च महिनामा पहिलोपटक परमाणु हतियारको तैनाथीको घोषणा गरेका थिए र अमेरिकाले युरोपमा यस्ता हतियार तैनाथ गरेर राखेको जिकिर गरेका थिए ।

साथै उनले परमाणु हतियार राख्ने ठाउँ तयार भएसँगै आफ्नो मुलुकका परमाणु हतियार पनि स्थानान्तरण गरिने बताएका थिए ।

बेलारुसका राष्ट्रपति लुकासेन्कोका अनुसार बेलारुसमा परमाणु हतियार राख्ने धेरै ठाउँहहरु छन् र कतिपय पुराना ठाउँहरुको नवीकरण गरिएको छ ।

मस्कोका अनुसार मिसाइलको नियन्त्रण ऊसँगै रहनेछ । यी रणनीतिक मिसाइल भएको र लामो दूरीका रणनीतिक हतियार नभएको रुसी दाबी छ ।

लुकासेन्कोले पनि आफ्नो योजना अमेरिकासँग लड्ने नरहेको भन्दै आफ्नो मुलुकका लागि रणनीतिक हतियार नै उपयुक्त रहेको बताएका छन् । उनका अनुसार इस्कान्डर रकेटको मारक क्षमता ५ सय किलोमिटर भन्दा धेरै छ ।

निर्वासित नेतृ स्वेतनालाका अनुसार बेलारुसमा रुसी हतियार तैनाथीबाट नाटो सम्बन्ध देशहरुलाई कुनै खतरा नरहेकाले पनि उनीहरुले यसलाई गम्भीरताका साथ नलिएका हुन् ।

मिसाइलहरु रुसबाट हानियोस् वा बेलारुसबाट भन्ने कुराले पश्चिमा मुलुकहरुलाई कुनै फरक नपर्ने उनको भनाइ छ ।

रुसले आफ्नो सुदूरपश्चिम इलाकास्थित कालिनिनग्राद क्षेत्रमा परमाणु हतियारहरु तैनाथ गरेको छ जसको रेन्जमा पोल्याण्ड तथा बाल्टिक देशहरु रहेका छन् ।

स्वेत्लाना भन्छिन्-तर बेलारुस हाम्रो देश हो र हामी परमाणु हतियार चाहँदैनौं । आफ्नो स्वतन्त्रता बचाइराख्ने यो अन्तिम मौका हो । तर, पश्चिमा देशहरुले यसबारेमा मौनता साँधिरहेका छन् ।

पुटिनको योजना के छ ?

सन् २०१४ मा क्राइमिया प्रायद्वीप:लाई रुसमा बिलय गराएको र पूर्वी युक्रेनमा पृथकतावादीहरुलाई समर्थन गरेका कारण बेलारुसमा पनि पुटिनप्रति आशंका बढेको छ । पुटिन पछिल्ला २ दशकदेखि रुसको सत्तामा छन् र उनको हालको कार्यकाल सन् २०२४ सम्म रहनेछ । त्यसपछि पनि उनी सत्ताबाट हट्नेछैनन् । किनकि त्यसका लागि उनले संविधान नै परिवर्तन गर्नका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यलाई राजीनामा दिन लगाए । यद्यपि बेलारुसमा भने पुटिनप्रति आशंका बढिरहेको अवस्था छ ।

गत डिसेम्बरमा पुटिन र लुकासेन्कोले युनियन स्टेट अफ रुस एण्ड बेलारुसको २०औं वर्षगाँठ बनाएका थिए । दुई देशबीच सन् १९९९ को डिसेम्बर ८ मा यो सन्धि भएको थियो ।
युनियन स्टेट अफ रुस एण्ड बेलारुसको अर्थ बेलारुसलाई रुसमा मिलाउन कुरा थियो, तर त्यो कागजमै सीमित भयो ।
रुससँग एकताको विषयमा राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको राय परिवर्तन भैरहेको छ ।
सोचीमा पुटिनसँगको भेटघाटअघि लुकासेन्कोले आफ्नो सरकार कुनै पनि मुलुकको हिस्सा बन्न नचाहेको प्रष्ट पारेका थिए ।
तर यसअघि भने लुकासेन्कोको धारणा फरक थियो । सन् १९९० को दशकमा उनले मस्को र मिन्स्कको एकीकरणको समर्थन गरिरहेका थिए ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?