+
+

भारत निर्यात गरेकाले विद्युत अवरुद्ध भएको होइन : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १४:१९

३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनले बताए ।

आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको  उनको भनाइ छ ।

‘यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन’, कार्यकारी निर्देशक घिसिङले अगाडि भने, ‘पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ । निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ ।’

नेपालमा उत्पादन भएर यहाँ खपत नभएको विद्युत मात्र निर्यात गर्ने गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?