+
+

नेपालको प्रचार गर्न होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १२:५१

४ असार, काठमाडौं । बंगलादेशमा नेपालको प्रचार गर्न होटल व्यवसायीको टोली ढाका प्रस्थान गरेको छ । सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेको हो । होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा ढाकामा कार्यक्रम आयोजना गर्न लागेको बताएको छ ।

११ जुनमा ढाकामा हुने कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकार उपस्थित रहने छन् । पर्यटन प्रवर्द्धनात्मक एवम् बीटूबी कार्यक्रमबाट बंगलादेश र सो भेगबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने विश्वास संघले गरेको छ ।

होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम एवम् होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?