+
+

नेप्सेमा एकल अंकको गिरावट, पौने ५ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १५:४०

४ असार, काठमाडौं । ९ दिनसम्म लगातार बढेको सेयर बजारमा १० औं दिनमा आएर एकल अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.९४ अंकको गिरावट हुँदा २०९१.३९ अंकमा बन्द भएको छ ।

विकास बैंक वित्त कम्पनी, लगानी र म्युचुअल फण्ड उपसूचकमा उच्च वृद्धि भएपनि अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि सामान्य घटेको छ । विकास बैंक उपसूचकमा ३.४९ प्रतिशतले वृद्धि हुँँदा वित्त कम्पनी उपसूचक ५.२२ प्रतिशत, लगानी उपसूचक ३.०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ३.२३ प्रतिशतले वृद्धि भएको छन । अन्य उपसूचक पनि २.१७ प्रतिशतले वृद्धि भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा ०.६७ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.६१ प्रतिशत र जिवन बीमा उपसूचक १.६७ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक २.४८ प्रतिशतले गिरावट भएको छ ।

१५ जेठमा आएको बजेटपछि पूँजीगत लाभकरको विषयले प्रभावित बनेको बजार परिसूचक नेप्से २३ जेठयताको लगातार ९ कारोबार दिन वृद्धि हुँदा आइतबार २ फागुन २०७९ यातकै उच्च विन्दुमा पुगेर बन्द भएको थियो । पछिल्लो ९ कारोबार दिनमा लगातार वृद्धि हुँदा १९२.३४ अंकले वृद्धि भएको नेप्सेमा सोमबार १० औं दिनमा आएर करिब ३ अंकको सामान्य गिरावट भएको हो ।

नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकम करिब पौने ५ अर्ब पुगेको छ । आइतबार करिब ४ अर्ब ८७ करोडको कारोबार भएको बजारमा सोमबार केही घटेर ४ अर्ब ७४ करोड ६ लाखको कारोबार भएको हो । ६९ हजार १६८ वटा कारोबारमा १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

सोमबार नेप्सेमा शिवम् सिमेन्टको २९ करोड ८२ लाखको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १८ करोड १३ लाखको कारोबार भएको छ । यस्तै सोल्टी होटलको १७ करोड ८९ लाखको कारोबार भएको छ ।

सोमबार दिनभर नेप्सेमा कुल २२३ सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ८० कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १ कम्पनीको स्थिर छ । सोमबार कारोबार भएकामध्ये सेन्ट्रल फाइनान्स र माउन्टेन इनर्जीको सेयरमूल्य १० प्रतिशत एवम् बीपीडब्ल्यू लघुवित्त र मेन्छियम हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशत र लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको हो ।

युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा पाँचथर पावर कम्पनीको सेयरमूल्य ७ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ५.९० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?