+
+

बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु,  २६ बेपत्ता 

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १८:०९

५ असार, काठमाडौं। असार महिनामा वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन्।

विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको पनि उनले जानकारी दिए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी  क्षति भएको छ ।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिने पनि बताएका छन् । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम दिने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

उक्त मापदण्डमा मृतकको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने व्यवस्था छ । घरबास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?