+
+

मोदीले अमेरिका भ्रमणमा भेट्ने ग्रामी अवार्ड विजेता गायिका को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १७:२८

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अमेरिका प्रस्थान गरेका छन् । उनको वासिङट्न भ्रमणले त्यहाँ बसोबास गर्ने भारतीय खुसी छन् । ग्रामी अवार्ड विजेता भारतीय-अमेरिकी गायिका फाल्गुनी शाहले पनि प्रधानमन्त्री मोदीको यो यात्राप्रति खुसी व्यक्त गरेकी छन्, जसलाई मोदीले पनि भेट्न जाँदैछन् ।

फाल्गुनीले ‘मिलेट्स’ गीतबाट प्रधानमन्त्री मोदीबाट धेरै प्रशंसा पाएको बताएकी छन् । गायिका फाल्गुनीलाई धेरैले उनको स्टेज नाम फालुले पनि चिन्छन् । मोदीको आगमनले त्यहाँका भारतीय खुसी भएको समेत उनले बताइन् । फाल्गुनीले भनिन्, ‘भारतीय प्रधानमन्त्री अमेरिका आउँदा हामी धेरै खुसी छौं ।’ बताइएअनुसार प्रधानमन्त्री मोदीले नै ‘अबन्डेन्स इन मिलेट्स’ गीत तयार गरेका हुन् ।

संसारबाट भोकमरीलाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिने यो गीतमा फाल्गुनीको स्वर र उनका श्रीमान् गौरव शाहले संगीत दिएका छन् । यो विशेष गीत जून १५मा सार्वजनिक गरिएको हो । भारतको प्रस्तावमा अमेरिकाको महासभाले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गरेको थियो । यो गीत प्रधानमन्त्रीले आफू र आफ्नो श्रीमानसँगै बसेर लेखेको फाल्गुनीले बताइन् ।

एएनआईले एउटा भिडियो सेयर गरेको छ जसमा फाल्गुनी आफ्ना श्रीमानसँग ‘अबन्डेन्स इन मिलेट्स’ गीत गाउँदै छिन् । कोदोको फाइदाबारेको यस गीतपछि पीएम मोदीबाट पाएको प्रशंसाबारे फाल्गुनी शाहले भनिन्, ‘मैले ग्रामी अवार्ड जितेपछि उहाँ (प्रधानमन्त्री मोदी)ले यसबारे ट्वीट गर्नुभयो । मलाई दिल्लीस्थित निवासमा भेट्ने निमन्त्रणा आयो । हामीसँग संगीतको बारेमा धेरै राम्रो र अर्थपूर्ण कुराकानी भयो । गीतको कारण भोक मेटाउने र किसानलाई सहयोग गर्ने भएकोले (गीतप्रति) प्रतिक्रिया अचम्मको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?