+
+

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते ८:१७

६ असार, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी छ ।

चार्टर्ड यो जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समेत १३० जना यात्रु रहने छन् । जहाज ११ बजे काठमाडौं फिर्ता हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको थियो । आन्तरिक उडान यहाँबाट भए पनि अन्तर्राष्ट्रिय उडान भने पहिलोपटक हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?