
६ असार, काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आङरिता शेर्पाको सम्झनामा निकालेको हुलाक टिकट सार्वजनिक गरेकी हुन् ।
फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले टिकट प्रकाशित गरेको हो । आङरितालाई ‘हिउँचितुवा’ उपनाम दिइएको छ । उनी विना अक्सिजन धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका आरोही हुन् । उनले १० पटकसम्म विना अक्सिजन सगरमाथाको सफल आरोहण गरेका थिए । उनको सन् २०२१ मा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4