+
+

लगातार तेस्रो दिन पनि घट्यो नेप्से, १७९ कम्पनीको सेयरमूल्यमा गिरावट

कारोबार रकम पनि संकुचित

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १५:३८

६ असार, काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १४.०५ अंकले गिरावट हुँदा २०५०.७८ को विन्दुमा बन्द भएको छ ।

२३ जेठपछि ३ असार आइतबारसम्म लगातार १० कारोबार दिनमा १९१ अंकको वृद्धि भई २०९४.३३ को विन्दुमा पुगेको नेप्से सोमबारदेखि भने घट्न लागेको थयो । ३ दिन लगातार गिरावट हुँदा नेप्से करिब ४४ अंकको गिरावट भइसकेको छ । सोमबार होटल तथा पर्यटन, जीवन बीमा र व्यापार उपसूचकमा वृद्धि भएपनि त्यसबाहेकको सबै उपसूचकमा गिरावट हुँदा नेप्से दोहोरो अंकले गिरावट भएको हो ।

होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.८४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक ०.११ प्रतिशतन, उत्पादनमूलक उपसूचक ०.२७ प्रतिशत र व्यापार उपसूचक ०.०९ प्रतिशतले वृद्धि भएको छ । यता हाइड्रोपावर उपसूचक १.६२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले र हुँदा विकास बैंक उपसूचक १.३६ प्रतिशतले गिरावट भएका छन् । त्यस्तै लगानी उपसूचक १.६० प्रतिशत, लघुवित्त उपसूचक १.०६ प्रतिशत र बैंकिङ उपसूचक ०.८२ प्रतिशतले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । लगातार चार अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार भने घटेर साढे ३ अर्ब भन्दा तल झरेको छ । बुधबार नेप्सेमा ५९ हजार ८१३ वटा कारोबारमा ८६ लाख ५१ हजार १६४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ४९ करोड ६८ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २३ करोड ६ लाखको कारोबार हुँदा सोल्टी होटलको १९ करोड ३५ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा गिरावट हुँदा कारोबार भएका १७९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कुल २२४ सूचीकृत कम्पनीका सेयर कारोबार भएकोमा ४५ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । जसमध्ये सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सोल्टी होटलको सेयरमूल्य ७.४४ प्रतिशतले वृद्धि हुँदा बीपीडब्ल्यू लघुवित्तको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ ।

यता ग्रिन भेञ्चर लिमिटेडको सेयरमूल्य ६.९८ प्रतिशतले गिरावट हुँदा मेच्छियाम हाइड्रोपावरको सेयरमूल्य ५.४८ प्रतिशत र मानुषी लघुवित्तको सेयरमूल्य ५.४१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?