+
+

‘कार्साङ’मा दयाहाङ र बुद्धि तामाङको दोस्ती

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १८:०६
दयाहाङ राई र बुद्धि तामाङ । फाइल तस्वीर

काठमाडौं । ‘जहाँ दयाहाङ, त्यहाँ बुद्धि ।’ पछिल्लो समय नेपाली फिल्मवृत्तमा चलेको भनाइ हो यो । ‘कबड्डी’ सिरिजमा जमेको यी दुईको दोस्तीलाई देखेर अन्य फिल्म निर्माताले समेत उनीहरुलाई नै कास्ट गर्न थालेका छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको ‘कार्साङ’मा दयाहाङ राई र बुद्धि तामाङले सहकार्य गर्ने भएका छन् ।

गत साता दयाहाङ यो फिल्मको शीर्ष भूमिकामा अनुबन्धित भएको खबर आएको थियो । शुक्रबार यो फिल्ममा बुद्धि तामाङ पनि जोडिएका छन् । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा हुने जनाइएको छ ।

सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मका अन्य कलाकार अडिसनमार्फत तय गरिने जनाइएको छ । फिल्मकी प्रमुख नायिका को हुने भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन । निर्देशक शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मको छायाकंन तिहारलगत्तै गरिने बताइएको छ ।

यो फिल्मअघि दयाहाङले दीपक रौनियार र रामबाबु गुरुङका दुई फिल्ममा काम गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?