+
+

दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते २०:३९

९ असार, धनगढी । गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुुर सिंहको शनिबार अन्त्येष्टि गरिएको छ । सिंह र उनकी पत्नी अमृतादेवीको बझाङको सेती नदीको धौला बगर मसानघाट डुंग्रीमा शनिबार दिउँसो अन्त्येष्टि गरिएको हो ।

मन्त्री सिंहलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र परराष्ट्र मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सिंहलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेता मसानघाटमा पुगेका थिए । नेपाल प्रहरीले उनको सम्मानमा सलामी समेत दिएको थियो ।

मन्त्री दम्पतीको अन्तिम संस्कार गर्नुअघि दुवै जनाको पार्थिव शरीरलाई जिल्ला अस्पताल सिमखेतबाट जयपृथ्वी नगरपालिका क्षेत्रमा परिक्रमा गरिएको थियो भने अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको थियो ।

धनगढीबाट आफ्नो निर्वाचन क्षेत्र बझाङ गइरहेका बेला मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडामा दुुर्घटनामा परेको थियो । दुर्घटनामा सिंहसहित उनकी पत्नी अमृता र भाउजु जयादेवी सिंहको निधन भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहका निजी सुरक्षा गाडी दीपक भण्डारी र सवारी चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?