+
+

नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते २०:४६

९ असार, बेंगलुरु । साफ च्याम्पियनसिप अन्तर्गत शनिबार साँझ भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

बेंगलुरुस्थित कान्तिरवा स्टेडियममा पहिलो हाफमा नेपालले गोलका लागि केही अवसर बनाएपनि गोल गर्न सकेन ।

नेपालले अघिल्लो खेलमा तीन परिवर्तन गर्दै विमल घर्ती मगर, आयुष घलान र देवेन्द्र तामाङलाई पहिलो रोजाईमा खेलाएको थियो । मिडफिल्डबाट केही बल निस्किएपनि नेपालको फिनसिङ चुस्त हुन सकेन ।

विमल र मनिष  डाँगीले गोल गर्ने अवसर गुमाउँदा एरिक विष्टको प्रहार भारतीय गोलकिपर गुरिप्रित सिंह सान्धुले बताएका थिए । भारतीय कप्तान सुनिल क्षेत्रीलाई भने नेपाली डिफेण्डरले खुलेर खेल्न दिएनन् । क्षेत्रीले पहिलो खेलमा पाकिस्तान विरुद्ध ह्याट्रिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?