+
+

बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १७:१९

१० असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

उपमहानगर नगरसभाको १३ औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा र स्वास्थ्य क्षेलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिएर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८१ मा २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको ३० करोड १७ लाख, सशर्त अनुदानको ४७ करोड ९२ लाख, समपूरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड रहेको छ ।

प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २ करोड ३१ लाख ६९ हजार, सशर्त अनुदान २ करोड ९ लाख ५० हजार र समपूरक अनुदान २ करोड रहेको छ । राजश्व बाँडफाँडबाट प्राप्त हुने ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आय ९१ करोड राजस्व संकलन गर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बाँकी रकम २६ करोड ३८ लाख ५० हजार हुने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने उपप्रमुख अर्यालले बताइन् ।

वडाहरुको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । बुटवल उपमहानगरपालिका– १३ र १७ मा १५–१५ शय्याका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न २ करोड छुट्याइएको छ । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाको सबै खर्च व्यहोर्ने गरी नगर प्रमुख आमा सुरक्षा कार्यक्रम घोषणा गरी १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उज्यालो बुटवल कार्यक्रम अन्तर्गत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट र सौन्दर्यीकरणका लागि ४ करोड २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ ।

नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि १ करोड विनियोजन भएको छ । १८ वर्षमुनिका एचआईभी संक्रमित बालबालिकालाई पोषण स्थिति सुधार गर्न मासिक ३ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना र रात्रीकालीन बजार सञ्चालन तथा पर्यटन प्रवद्र्धनका लागि पर्याप्त बजेट विनियोजन गरिएको वजेट वक्तव्यमा उल्लेख छ ।

बजेटमा नगरबासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदानलाई निरन्तरता दिइएको छ ।

विद्यालयहरुको स्तरोन्नति तथा शैक्षिक सुधारका लागि नगर प्रमुख शैक्षिक विकास कार्यक्रम, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीसँग नगरप्रमुख कार्यक्रमका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको छु ।

विद्यालय भौतिक सुधारका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । बुटवलमै स्वास्थ्य जनशक्ति उत्पादनका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पारामेडिकल शिक्षा सुरु गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?