+
+

वीरेन्द्रनगर नगरपालिकाको बजेट ३ अर्ब २ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १८:३०

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजारको बजेट ल्याएको छ ।

१३ औँ नगर सभामार्फत आइतबार नगर उपप्रमुख नीलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब बढीको बजेट पेश गरेका हुन् । वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार बराबरको बजेट ल्याएको थियो ।

उपप्रमुख खनालले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार र चालुतर्फ १ अर्ब २५ करोड ८९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट १ अर्ब ३८ करोड ३० लाख, वित्तीय सामानीकरण अनुदानबाट २२ करोड ८९ लाख, संघीय राजस्व बाँडफाँडबाट १७ करोड ९६ लाख, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान २ करोड ९३ लाख, सशर्त अनुदान ३१ करोड २९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै नगरपालिकाको आन्तरिक आय ४० करोड ४३ लाख, खर्च नभएको मौज्दात रकम ५ करोड र सामाजिक सुरक्षा अनुदान ४० करोड रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

उपप्रमुख खनालले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा वडा कार्यालय सञ्चालनका लागि १९ करोड ३८ लाख विनियोजन गरिएको बताए । त्यस्तै नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाका कर्मचारीको तलब भत्ता र कार्यलय सञ्चालनका लागि ३१ करोड ६५ लाख, नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भौतिक पूर्वाधार, शिक्षा र खेलकुद तर्फ १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले भौतिक पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ । वीरेन्द्रनगरलाई ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने नारा दिइएको छ ।

वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने नीति तथा कार्यक्रम ल्याइएको छ ।

प्रदेश स्तरीय बसपार्क निर्माण गर्नदेखि नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि आफ्ने युट्युब च्यानल सञ्चालन गर्नेसम्मका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?