+
+

दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १४:३१

१० असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा हाइड्रोपावर कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने स्वीकृति दिएको छ ।

बोर्डले मनकामना इन्जिनियरीङ हाइड्रोपावर कम्पनीलाई ५ असार र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई ६ असारमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

भगवती हाइड्रोपावर कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँको १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई उक्त सेयर जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कानस गर्ने अनुमति पाएको हो । कम्पनीले जारी पूँजी ८० करोडको ३५ प्रतिशतले हुने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

आईपीओ निष्कासनका लागि कम्पनीले बीओके क्यापिटल मार्केटी लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त सेयर निष्कासन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?