+
+

‘नेपाली खेलकुदको वृतान्त’ असार अन्तिममा सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १९:३२

१० असार, काठमाडौं । नेपाली खेलकुद्को समग्र इतिहास खोतल्ने खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ असारको अन्तिममा सार्वजिक हुने भएको छ ।

खेल पत्रकार नवीन अर्यालकृत सो पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यही असार चौथो साता काठमाडौंमा सार्वजनिक गर्न लागिएको हो ।

पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गर्न लागेको हो । लामो समय खेलकुद् पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो ।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद् वृत्तान्त समेटिएको छ । नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ ।

साथै, सिमित साधनस्रोतकाबीच नेपालको घरेलु खेलकुद्लाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भुमिका र योगदानलाई पनि लिपीवद्ध गरिएको छ ।

ऐतिहासिक तस्वीरहरु, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ ।

नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपुर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ ।

नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शुन्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ ।

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ ।

साथै, निकट भविष्यमै खेलकुदसम्बन्धी करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?