+
+

तरूण सरदेसाई राष्ट्रिय गल्फ टिमको मुख्य प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १६:४१

११ असार, काठमाडौं । नेपाल गल्फ संघले आसन्न १९औं एसियाली खेलकुदका लागि भारतका तरूण सरदेसाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच भएको सम्झौतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वीकृत गरेको हो ।

सरदेसाईले प्रशिक्षण गरेबापत कुनै शुल्क नलिने गरी सम्झौता भएको गल्फ संघले जानकारी दिएको छ ।

सम्झौताअनुसार असोज ६ देखि २१ सम्म चीनको होङझोउमा हुने एसियाली खेलकुदसम्म सरदेसाईले चार पुरुष र दुई महिला खेलाडी रहेको नेपाल गल्फ टिमलाई प्रशिक्षण दिनेछन् ।

नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् ।

भारतका प्रतिष्ठित पूर्व गल्फर तरूण सरदेसाईले नै सञ्चालन गरेको बैंगलुरुस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा नेपाल टिमले प्रशिक्षण सुरू गरिसकेको छ ।

नेपालका व्यावसायिक गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिलातर्फ कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलुरु पठाएको हो ।

नेपाल नम्बर एक एमरच्योर गल्फर सुबाशसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए ।

बन्द प्रशिक्षणकै दौरान सुबाश र सदभावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?