+
+

प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा बजेट निर्माण गर्ने प्रधानमन्त्रीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १२:४५

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद्को नेतृत्वमा सम्बन्धित जिल्ला र क्षेत्रको बजेट निर्माणको प्रक्रिया सुरु गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘बजेट निर्माण गर्ने कार्यमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा र समानुपातिक एवम् अन्य सांसद्समेतको सहभागितामा काम गर्ने प्रक्रिया आरम्भ गर्ने प्रस्ताव गर्छु,’ उनले भने ।

बजेट निर्माणमा जनप्रतिनिधिहरुको भूमिका बढाउन भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । बजेट निर्माण प्रक्रियामा सुधार ल्याउनकै लागि आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र बजेटका सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्रै संसद्मा पेश गर्ने व्यवस्था गरिने घोषणा बजेट वक्तव्यमै गरिएको छ । यसो गर्दा बजेटमा प्रनिनिधिहरुको सहभागिता बढ्ने उनको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट घोषणा गर्ने र पारित गर्ने प्रणाली परम्परागत भएको पनि उनले बताए ।

‘बजेट पारित गर्ने प्रक्रिया परम्परागत छ, यसमा सांसदहरुको सक्रियता र योगदान संस्थागत हुनुपर्ने हो तर त्यो हुन सकेको छैन,’ उनले भने, ‘तर, यसैपटक नीति कार्यक्रम र बजेटबीचको अवधि बढाउने प्रयास भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?