+
+

के प्रिगोजिन पुटिनका लागि अझै खतरा छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते २०:०४

एजेन्सी । रुसले युक्रेनमा हमला गरेपछि रुसके निजी लडाकु दस्ता वागनरका प्रमुख येवगेनी प्रिगोजिन अन्तर्राष्ट्रिय जगतमा पनि चर्चित भए । कतै उनको प्रशंसा थियो कतै आलोचना । कहीँ पुटिनसँग उनको सम्बन्धबारे चर्चा थियो त कतै प्रिगोजिनले क्रेमलिनको कुर्सीमा विराजमान हुने महत्वाकांक्षा राखेको बहस ।

मस्को हान्ने योजनामा प्रिगोजिन सफल भए उनको भविष्य चम्किनेछ, विफल भएमा उठ्नै नसक्ने गरी पछारिनेछन् । खैर, युद्धविराम भएकाले अहिले दुबै संभावना सत्यनजिक छैन ।

राज्यसंयन्त्रसँग प्रिगोजिनको सम्बन्ध अनौपचारिक छ । यो सम्बन्ध विना कुनै चेतावनी अन्त्य हुनसक्छ । कुनै औपचारिक जिम्मेवारी दिन प्रिगोजिन पुटिनका त्यति विश्वासिलो पात्र पनि होइनन् । उनले पुटिनलाई प्रभावित पार्न पुटिनकव कोटरीमा हाल रहेका सहयोगीले झैँ कुनै काम गरेका छैनन् । पुटिनको कोटरीमा राज्य सत्ताका सुरुआती दिनमा उनलाई सहयोग गरेका व्यक्तिहरू पनि छन् । जसलाई पुटिनले आँखा चिम्लेर विश्वास गर्छन् ।

प्रिगोजिनले रूसले क्रिमिया कब्जा गर्ने समयलाई पुटिनसँग निकट हुने मौकाका रूपमा लिए । त्यसबेला पश्चिमासँग पनि मध्यपूर्वको विषयलाई लिएर रुसको भूराजनीतिक टकराव थियो । डोनबासको हमलादेखि सिरियामा बसर-अल असदको सत्ता जोगाउने कार्यमा लडाकु बनेर वाग्नर समूह पुग्यो ।

पुटिनसँग निकट हुनका निम्ति प्रिगोजिनले अनौपचारिक संयन्त्रको प्रयोग जारी राखे । भाडाका लडाकुलाई भिड्न पठाएर प्रिगोजिनले रुसको स्वार्थ अनुसार काम जारी राखे ।

राज्यले प्रभावकारी रूपमा लड्न नसकेका बेला प्रिगोजिनले सहयोग गरे । पुटिनलाई वागनरकव लडाकु चरित्र मन पर्‍यो । युक्रेनमा पनि उनले भाडाका तिनै सेना खटाए ।

पुटिनमा कहीँ कतै व्यापारिक छवि अझै पनि छ । त्यसैले आफ्नो फाइदाका लागि उनले राज्यका केही काम प्रिगोजिनलाई दिन राजी भए तर उनले  प्रिगोजिनलाई राज्यका तर्फबाट वैधानिकता प्रदान गरेनन् । प्रिगोजिनलाई उनले आफ्ना सैन्य संयन्त्रलाई प्रति-सन्तुलनमा राख्नेगरी पनि प्रयोग गरेका छैनन् । सेनाबारे पुटिनको नीति, पूर्ण र समन्वित शक्ति हो ।

आफ्नै नीति विपरीत उनले प्रिगोजिनलाई स्थान दिने कुरै भएन । सेनाको उच्च कमाण्डरको महत्वकांक्षी अभिलाषा रोक्नका निम्ति पुटिनले प्रिगोजिनलाई प्रयोग गरे । त्यसैले मस्को हान्ने वागनरको लक्ष्य तत्कालका लागि सफल भएन । वागनरले आक्रमण गर्ला भन्ने कुनैपनि संकेत थिएन । वागनरको अगाडिको दृश्य निकै भयावह र जटिल रहेकाले परिस्थितिको सुधारका लागि उसले मस्को हल्लाउने गरी हमला सुरू गरेको  थियो । वागनरले जे गर्‍यो त्यो पुटिनको नीति विपरीत थियो, ‘निजी सैन्य दस्ता राज्यलाई कमजोर बनाउन होइन राज्यलाई बलियो बनाउन उपयोग हुन्छ र हुनेछ’, पुटिन भन्थे ।

प्रिगोजिनको पुटिनसँग सिधा सम्पर्क कहिल्यै थिएन । पुटिनको सहयोगी जस्तो देखिनका लागि उनले पुटिनसँग निकटहरूको संगत गरे । पुटिनसँग निकै राम्रो सम्बन्ध रहेको व्यापारिक समूहले कोभाल्चुकले क्रेमलिन प्रशासनसँग प्रिगोजिनको साइनो जोडिदिने प्रयत्न गरेको थियो । त्यसपछि प्रिगोजिनलाई पुटिनका आगामी हमलाबारेको सूचना आउन थाल्यो । पुटिनको नीति मन परेमा प्रिगोजिनले त्यसलाई सहयोग गर्न आफ्ना दस्तालाई निर्देशन दिन थाले । तल्लो तहमा काम गरेर पुटिनको निकै विश्वासपात्र हुने सपना राखेका प्रिगोजिन अन्तत: पुटिनका दुश्मन बनेर निस्किए ।

सिरियामा प्रिगोजिन रूसका सेनालाई खाद्यान्न पुर्‍याउने ठेकेदार थिए । व्यापार पनि गरिरहेका उनले त्यो बेला रुसी सेनाका उच्चपदस्थ अधिकारीसँग राम्रै चिनजान गरे । कालान्तरमा उनले रक्षा मन्त्रालयसँगै दुश्मनी साधे । पुटिनका अतिनै विश्वास पात्र सर्गेइ सोइजुमाथि आक्रमण गर्ने खुलेआम चुनौती प्रिगोजिनले दिएका थिए ।

हालसालै प्रिगोजिनको अपरम्परागत भर्ती शैलीको राज्य संयन्त्रले विरोध जनाए । जेलमा रहेका २५ देखि ५० वर्ष उमेर समूहका कैदीबन्दीलाई वागनरमा ६ महिना भर्ती गर्ने  र त्यसमा सेवा गरेबापत सबै कुरा माफी हुने उनको प्रस्ताव थियो । उनको यो प्रस्तावले संघीय दण्ड सेवादेखि संघीय सुरक्षा सेवासम्म आक्रोशित बने । आफूले अभियोग पुष्टि गरेर जेल चलान गरेका अभियुक्तलाई पुन: समाजमा ल्याउने प्रस्तावको उनीहरूले विरोध जनाए ।

राज्यसंन्त्रले उनमा बढ्दो महत्वकांक्षाबारे पनि विरोध जनाएको थियो । तर त्यसका अलावा प्रगोजिनले युक्रेन युद्धमा स्वायतत्ताको अवसर प्राप्त गरे । त्यसपछि उनले सेना प्रमुख भेलरी जेरासिमोभ र रक्षामन्त्री सोइजुसँग जोरी खोजे । रक्षा संयन्त्रले पुटिनलाई वागनरलाई यस तहसम्मको स्वतन्त्रता दिँदा सेनाका लागि खतरा हुने कुरा जानकारी गराएको थियो ।

यसलगत्तै पुटिनले जिरासिमोभलाई विशेष अपरेशनको नेतृत्वमा ताने । प्रिगोजिनको व्यवस्थापनका लागि उनलाई जिम्मा दिइएको थियो । जिरासिमोभले आफ्नो रणनीति लाद्ननुअघिनै वागनरले आक्रमण सुरू गर्‍यो । उनको आक्रमणलाई रूसका धनाढ्यलेहरू पनि सहायता दिएका छैनन् । आक्रमणपछि प्रिगोजिन यसबेला निकै असहाय छन् ।

प्रिगोजिन यसअघिका अन्य प्रयत्नमा पनि असफल भएका छन् । सेन्ट पिट्सबर्गका गभर्नर अलेक्सजेण्डरविरूद्ध छेडेको हमलामा पनि उनी असफल भए । युट्युबलाई रूसमा प्रतिबन्ध लगाउने चेतावनीमा पनि असफल भए । उनले श्रृंखलावद्ध रूपमा कानुनी पराजय पनि व्यहोरेका छन् । उनलाई सहयोग गर्नेहरू पनि कमजोर बनेका छन् । क्रेमलिन प्रशासनमा काम गर्नेहरूसँगको सम्बन्ध पनि प्रिगोजिनसँग बिग्रिएको छ । रूसमा प्रिगोजिनका सत्रुको कुनै पनि कमी छैन । अब त सुरक्षा संयन्त्रले नै प्रिगोजिनलाई दुश्मन करार गरिसकेको छ ।

यसका बाबजुद पनि प्रिगोजिनको पतन भने कठिनै छ । पुटिनका योजना बारेका सूचना उनले अझै प्राप्त गरेर भएपनि आफूलाई पुन: राष्ट्रवादी र राष्ट्रभक्त देखाउनका लागि पहल गर्नसक्छन् ।

युक्रेनमा चर्किँदै गएको युद्धमा विजयका लागि रूसको कठिनाइले पनि प्रिगोजिनको छवि केही उचालिएको छ । तर पुटिनको आँखामा खतरा बनेका प्रिगोजिन अब उनको निकट बन्ने सम्भावना भने छैन ।

पुटिनले वागनरलाई दिएको जिम्मेवारी र प्रिगोजिनले त्यसमा आफू फिट रहेको विश्वासबीचको खाडल अब गहिरिएको छ । पुटिनका लागि निजी सेनाले राज्यलाई कमजोर नभएर बलियो बनाउने हो  । उसमा कुनै पनि राजनीतिक अभिष्ट हुनुहुदैन । तर, प्रिगोजिनबाट उल्टो व्यवहार भएको पुटिनले महसुस गरेका छन् ।

अहिलेकै अवस्थामा प्रिगोजिन पुटिनलाई चुनौती दिने हैसियतमा छैनन् । यो कुरा प्रिगोजिन स्वयंले स्वीकार गर्दै पुटिनलाई अप्ठ्यारोमा पार्ने वा हमला गर्ने नीति आफ्नो नरहेको बताएका थिए । उनले धेरै ठूलो संख्यामा आफ्ना योद्धा गुमाएका पनि छन् ।

प्रभावशाली अन्य समूहलाई सन्तुलनमा राख्न जबसम्म पुटिन सक्षम हुन्छन्, प्रिगोजिन उनका लागि खतरा हुने छैनन् । तर पुटिनलाई सहयोग गर्दै आएका धनाढ्यहरू र अन्यमा थोरै परिवर्तन आएमात्रै प्रिगोजिन फेरि सलबलाउन सक्नेछन् । युद्धले मानिसलाई हिंस्रक बनाउँछ । त्यसको निरुपणमा वा त्यस्ता गतिविधिलाई चुनौती दिने मामिलामा कमजोर संकेत देखाएमा राज्यनै अप्ठेरोमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?