+
+

योगेशले भने : एमालेलाई हमला गरेर कोशीको समस्या समाधान हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १८:१२

१४ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए ।

आफूलाई कालो झण्डा देखाएको प्रशंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।’

उनले बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्ने बताउँदै उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

‘आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ,’ उनले लेखेका छन् ।

योगेश भट्टराईको स्टाटस जस्ताको तस्तै :

मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा जाँदै गर्दा ईलाम बजारमा केही व्यक्तिले कालो झण्डा देखाउनुभयो ।

कार्यक्रम ईलामको जिविस हलमा शानदार रुपले सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तव्य राखेको उक्त कार्यक्रममा सहभागितामुलक छलफल पनि भएको थियो ।

एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झण्डा देखाउनेहरुको अधिकारका लागि म स्वयम् र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ ।

हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन ।

एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।

एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।

मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वयम् उहाँहरुका लागि पनि लज्जाको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?