+
+

माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १६:१७

१५ असार,  काठमाडौं।   माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई  हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  कालोपुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको  प्रहरीले जनाएको छ ।

उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै  रकम  लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?