+
+

यूएईविरुद्ध ज्ञानेन्द्र, अर्जुन र प्रतिश प्लेइङ इलाभेनमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १२:४५

१७ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका लागि ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् ।

जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।

कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो ।

यूएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको छ ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । अहिलेको खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?