+
+

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १२:०५

१८ असार, काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रूपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार १ रूपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको प्रतितोला कारोबार भने आइतबारकै मूल्य १ हजार ३७० रूपैयाँ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?