+
+

हामी तेस्रो दर्जाका सांसद रहेछौं : राष्ट्रियसभा सदस्य शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १४:४९

१८ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले बजेट निर्माणका क्रममा सांसदहरुको तीनवटा स्तर देखिएको टिप्पणी गरेका छन् ।

मन्त्री बन्ने, आफ्नो क्षेत्रमा धेरै बजेट पार्नेहरु पहिलो दर्जाका, थर्काएर भए पनि आफ्नो क्षेत्रमा बजेट पार्ने दोस्रो दर्जाका र आफूजस्तो हिमाली क्षेत्रका सांसद तेस्रो दर्जाको भएको उनले बताए ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले तेस्रो दर्जाका सांसदहरुलाई सबैले हेपेको बताए । ‘सांसहरु पनि हामी ३ स्तरका सांसदहरु रहेछौं । एउटा पहुँचवाला सांसद, मन्त्रीसन्त्री हुने, ठूलै बजेट लाने । एउटा सांसद यसो थर्काएर, विरोध गरेर पनि अलिअलि पैसा लाने । अनि हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पछडिएका जातबाट आएकाहरु चाहिँ तेस्रो दर्ताको सांसद पर्दो रहेछौं । न बजेट लान सक्छ । न केही गर्नसक्छ’ शेर्पाले भने ।

आफूहरु बजेट माग गर्न जाँदा अर्थतन्त्रमा समस्या भउको र राष्ट्रिय गौरवका योजना बनाउनुपर्छ भनेर मन्त्रालयका सचिवहरुले ढाँट्ने गरेको तर विनियोजन हेर्दा नेताको क्षेत्रमा मात्र देखिएको उनले बताए । ‘सचिवहरुले पनि ढाँट्ने यसपालि त बजेट नै छैन ।

किनभने हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरु बनाउनुपर्छ । हाम्रा नियमित कार्यक्रमहरु छ, त्यसमा लगाउनुपर्छ । हाम्रो अर्थतन्त्र यस्तै छ डामाडोल छ भनेर ढाँटिदिने । अनि हामी सोझो मान्छे, हिमालको मान्छे पत्याइदिने । पत्याएपछि यसो बजेट हेर्‍यो । मन्त्रीकोमा यति, फलानोकोमा यति, ठूल्ठूला नेताहरुकोमा यति । अनि हाम्रोमा बजेट नै नहुने’ सांसद शेर्पाले भने ।

बजेटको बाँडफाँट हेर्दा नेपालमा संघीयता आवश्यक रहेको पुष्टि हुने भन्दै उनले संघीयता पनि नभएको भए गाउँमा बजेट नै नपुग्ने टिप्पणी गरे । ‘संघीयताले गर्दाखेरी गाउँपालिकामा केही न केही बजेट गयो । प्रदेशमा बजेट गयो । त्यो सिस्टममा हामीले पनि बजेट पायौँ । यो संघीयता पनि नहुने हो भने त हामीले त केही पनि नपाउने रहेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?