+
+

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १०:५१

१९ असार, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।

आज बिहान करिब ८ बजेतिर आएको पहिरोले घर पुरेको थियो ।  घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

पहिरोले घरको कुनापट्टिको आधा भाग भत्किएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खिदिम अर्घाखाँचीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो ।

घटनास्थल प्रहरी चौकी खिदिमबाट ११ किलोमिटर पूर्वमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?