+
+

३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा सडक एकतर्फी सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते ८:२९
Photo Credit : RSS

२० असार, काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् ।

मेची राजमार्ग अन्तर्गतको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम,गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।

यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेश चोक खण्ड पनि अवरुद्ध छ ।

यस्तै कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।

एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन-रिडी-कोरला र डुम्रे-बेशीसहर-चामे सडक खण्ड एकतर्फी चालु छन् ।

यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ ।

हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २४ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?