+
+

एन्सेलोटी ब्राजिलको प्रमुख प्रशिक्षक बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १२:२१

२० असार, काठमाडौं । कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन् । उनले २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने छन् ।

रियल मड्रिडसँगको सम्झौता यही वर्ष अथात् सन् २०२३ मा पूरा गरेर उनले ब्राजिलको जिम्मेवारी लिने भएका हुन् ।

६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक कुनै राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यसअघि उनी एक पटक इटालीको राष्ट्रिय टिममा एरिगो साचीको सहायक प्रशिक्षकको भूमिकामा थिए ।

फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलमा क्रोयसियासँग पराजित हुँदै बाहिरिएपछि टिम छाडेका टेटेको स्थान एन्सेलोटीले लिने छन् ।

एन्सेलोटीले जिम्मेवारी लिँदासम्मलाई ब्राजिलले फ्लुमिनेसका मुख्य प्रशिक्षका फर्नान्डो डिनिजलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

डिनिज क्लबमै रहने छन् र फिफाका खेल भएका बेलामा राष्ट्रिय टिममा जाने छन् ।

एन्सेलोटीले भने २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

इटालियन प्रशिक्षक एन्सेलोटीले विनियस जुनियर, नेइमार जुनियर, रोड्रिगो, एडर मिलिटाओसँग पुन भेट्नेछन् ।

एसी मिलानमा खेलाडी रहेका एन्सेलोटीले रियल मड्रिड, चेल्सी एफसी, पेरिस सेन्ट जर्मन (पीएसजी) जस्ता सफल क्लबको प्रशिक्षण गराइसकेका छन् ।

उनले दुई सफल कार्यकालपछि रियल मड्रिड छोड्नेछन् । उनले आफ्नो कार्यकालमा लालिगा, यूईएफए च्याम्पियन्स लिग, कोपा डेल रे, फिफा क्लब विश्वकप र अन्य महत्वपूर्ण उपाधि जितेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?