+
+

सरोज खनाल र करिश्मा मानन्धर स्टारर ‘बगान’ ट्रेलर : एकल महिलाको पुनर्विवाहको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १३:५५

काठमाडौं । सरोज खनालको डेब्यु निर्देशन रहेको सोसल ड्रामा फिल्म ‘बगान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । तीन मिनेट लामो ट्रेलरमा एकल महिलाको पुनर्विवाहको विषयवस्तु प्रस्तुत गरिएको छ ।

फिल्ममा करिश्मा मानन्धरले एकल महिलाको भूमिका निर्वाह गरेकी छन् । एकल महिलासँगको प्रेम गर्ने पात्रको भूमिकामा सरोजले अभिनय गरेका छन् । करिश्माकी छोरीको भूमिकामा प्रमिला कार्की देखिएकी छिन् । एकल महिलाको पुनर्विवाहको कथावस्तुमा ट्रेलर घुमेको छ ।

प्रमिलाको पात्र आमालाई खुसी देख्न पुनर्विवाह गर्नुपर्ने पक्षमा उभिंदा नीर शाहको पात्र यसको विरुद्धमा उभिएका छन् । समग्रमा विधवाको पुनर्विवाह यसको केन्द्रीय द्वन्द्व हो । फिल्ममा प्रमिला र आकाश श्रेष्ठको जोडी बाँधिएको छ । नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्माको समेत यसमा अभिनय छ ।

स्वप्न नीरवको पटकथा रहेको फिल्म मौलिक सामाजिक कथावस्तु रुचाउने नेपाली दर्शकलाई रुचिकर हुन सक्छ । फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा विनोद मानन्धर छन् । यो फिल्म असार २९ गते प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?