+
+

के ट्वीटरप्रतिको मोह भंग भएको हो ? झर्‍यो १४ औँ स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १४:३२

२० असार, काठमाडौं। लगातार नयाँ नयाँ बन्देज तथा आफ्ना अनौठा निर्णयहरुका कारण ट्वीटरले लगातार आफ्नो लोकप्रियता गुमाउँदै गएको छ । विश्वभर प्रयोगमा रहेका सोसल मिडिया प्लाटफर्महरुमध्ये प्रयोगकर्ताको संख्या अर्थात् लोकप्रियताको हिसाबले ट्वीटरको स्थान लगातार खस्किँदै गएको छ र हाल १४ औँ स्थानमा झरिसकेको छ ।

हाल ट्वीटरका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ५५ करोड ६० लाख छ र पछिल्लो समयमा सोसल मिडिया प्रयोगकर्ताहरुले ट्वीटरको विकल्प खोज्ने क्रम तिव्र बनिरहेको छ ।

स्मरण रहोस् विश्वमा सर्वाधिक प्रयोगकर्ता रहेको सोसल मिडिया चाहीँ फेसबुक हो । विश्वमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९६करोड छ ।

अनलाइन डाटा संकलन तथा भिजुअलाइजेसन प्लाटफर्म स्टाटिस्टाको तथ्यांक अनुसार मासिक सक्रिय प्रयोगकर्ताको संख्याका आधारमा ट्वीटर अन्य चलनचल्तीका सोसल मिडिया भन्दा निकै पछि देखिएको छ । यो सूचिमा ट्वीटरभन्दा टेलिग्राम र स्नापच्याट समेत अगाडि रहेका छन् ।

स्टाटिस्टाका अनुसार विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया साइट मध्ये शीर्ष चार मध्ये तीनवटा मेटा कम्पनी मातहतकै प्लाटफर्महरु रहेका छन् । पहिलो नम्बरमा २ अर्ब ९६करोड मासिक सक्रिय प्रयोगकर्ता सहित फेसबुक रहेको छ भने दोश्रो स्थानमा युट्युब छ ।

युट्युबका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ५१ करोड छ भने तेश्रो स्थानमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब छन् । त्यस्तै चौथो स्थानमा २ अर्ब नै प्रयोगकर्ता रहेको फोटो शेयरिंग एप इन्स्टाग्राम रहेको छ भने पाँचौ स्थानमा १ अर्ब ३१ करोड प्रयोगकर्ता भएको विच्याट रहेको छ ।

त्यसैगरी १ अर्ब ५ करोड प्रयोगकर्ता सहित टिकटक छैटौँ स्थानमा रहँदा फेसबुक मेसेजन्र सातौँ स्थानमा छ, जसका मासिक सक्रिय प्रयोगकर्ता ९३ करोड भन्दा धेरै छन् ।

आठौँ स्थानमा चाहीँ चिनिया टिकटक भनिने डुइन छ, जसका प्रयोगकर्ताको ७१ करोड ५० लाख छन् । त्यस्तै नबौँ स्थानमा रहेको टेलिग्रामका प्रयोगकर्ता ७० करोड रहँदा दशौँ स्थानको स्नापच्याटका प्रयोगकर्ताको स्रंख्या ६३ करोड ५० लाख छ ।

त्यस्तै अर्को चिनिया सोसल मिडिया कुआइशोउका प्रयोगकर्ता ६२करोड ६० लाख छन् भने १२ स्थानको सिना विबोका प्रयोगकर्ता ५८ करोड ४० लाख छन् । तेह्रौ स्थानमा पनि चिनिया सोसल मिडिया प्लाटफर्म क्यू क्यू परेको छ जसका प्रयोगकर्ता ५७ करोड ४० लाख छन् । १४औँ स्थानको ट्वीटरका प्रयोगकर्ता ५५ करोड ६० लाख रहँदा १५ औँ स्थानको पिनटेरेस्टका प्रयोगकर्ता ४४ करोड ५० लाख छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?