+
+

उपभोक्ता समितिका अध्यक्ष कुटेको आरोपमा कास्कीमा वडाध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १२:२०

२१ असार, पोखरा । उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट र गालीगलौज गरेको आरोपमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष गुरुङ बुधबार साँझ आफैं प्रहरीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

‘उहाँ हिजो आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुभयो । अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ डीएसपी विकले भने, ‘उहाँमाथि कानुनबमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।’

माछापुच्छ्र्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले आइतबार आफूलाई कुटपिट गरेको खोराको मुख-उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले बताएका थिए ।

भण्डारीमाथि हातपात भएपछि मंगलरदेखि नेकपा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । बुधबार जाहेरी दर्ता गर्ने सहमतिपछि एमालेले तालबन्दी खोलेको छ ।

उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं. ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?