+
+

हरेक कम्प्युटरसम्म कसरी पुग्यो विन्डोज ? यस्तो छ विन्डोज ११ सम्मको यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १३:३४

कम्प्युटर चलाउनेहरुका लागि विन्डोज कुनै नयाँ शब्द होइन । माइक्रोसफ्ट कम्पनीको ग्राफिकल अपरेटिङ सिस्टम विन्डोजले कम्प्युटर अपरेटिङ सिस्टमको बजारमा करीब ७५ प्रतिशत हिस्सा ओगटेको छ ।

३७ वर्षअघि सन् १९८५ नोभेम्बर १० मा पहिलोपटक माइक्रोसफ्टले कम्प्युटरका लागि पहिलो विन्डोज अपरेटिङ सिस्टम ल्याएकोमा सबैभन्दा पछिल्लोपटक सन् २०२१ को जुन महिनामा सबैभन्दा पछिल्लो संस्करणको रुपमा विन्डोज ११ ल्याएको हो ।

विन्डोजले पहिलोपटक सन् १९८५ मा पहिलो विन्डोज सार्वजनिक गर्दा त्यसमा १ सय ३८ भाषाहरु उपलब्ध थिए ।

आखिर पहिलो विन्डोजदेखि सबैभन्दा नयाँ विन्डोज ११ सम्मको यात्रामा के–के परिवर्तन आयो त ?

विन्डोज १.०

विन्डोजको पहिलो संस्करणको रुपमा रहेको विन्डोज १.० सन् १९८५ को नोभेम्बर २० मा रिलिज गरिएको थियो । यो संस्करणलाई माइक्रोसफ्टले ग्राफिकल युजर इन्टरफेसमा ल्याएको थियो । यसमा प्रयोगकर्तालाई सामान्य ग्राफिक्सको सुविधा थियो । यसमा मल्टीटास्किङका खासै धेरै विकल्प उपलब्ध थिएनन् ।

विन्डोज २.०

पहिलो विन्डोज ल्याएको २ वर्षपछि माइक्रोसफ्टले विन्डोजको दोस्रो संस्करण सार्वजनिक गरेको थियो जुन सन् १९८७ को डिसेम्बर ९ मा लञ्च भयो । विन्डोज २.० मा १६ बिट ग्राफिक युजर इन्टरफेस थियो । यो विन्डोजमा एमएस वर्ड र एक्सेलको पहिलो संस्करण उपलब्ध थियो । यो अपरेटिङ सिस्टममा हार्ड डिस्क आवश्यक पर्दैनथ्यो ।

विन्डोज ३.०

सन् १९९० मा माइक्रोसफ्टले विन्डोजको तेस्रो संस्करणको रुपमा विन्डोज ३.० ल्याएको थियो । यो अपरेटिङ सिस्टम ८०८६भर्सनको माइक्रोप्रोसेसरसँगै ल्याइएको थियो । विन्डोजको यो तेस्रो संस्करणमा कम्पनीले ब्याट्री तथा मेमोरीसँग सम्बन्धित अघिल्ला संस्करणका कमजोरीलाई सुधार्ने प्रयास समेत गरेको थियो ।

विन्डोज ९५

सन् १९९५ को अगष्ट १५ मा माइक्रोसफ्टले एउटा पूर्ण कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ सार्वजनिक गरेको थियो । यो माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम र विन्डोज प्रडक्टलाई मर्ज गरेर तयार पारिएको थियो । प्रयोगकर्ताका लागि यो अपरेटिङ सिस्टममा लामा फाइलहरुलाई सेभ गर्नेदेखि लिएर टास्क बार तथा स्टार्ट मेन्यू जस्ता अप्सन पहिलोपटक दिइएको थियो । यसमा ३२ बिट ग्राफिक युजर इन्टरफेस थियो ।

विन्डोज ९८

माइक्रोसफ्टले सन् १९९८ को मे १५ मा विन्डोजको नयाँ संस्करण सार्वजनिक गर्यो विन्डोज ९८ को रुपमा । तर विन्डोज ९८ नितान्त नयाँ चिज थिएन । माइक्रोसफ्टले विन्डोज ९५ मै केही नयाँ सुधार गरी विन्डोज ९८ का रुपमा तयार गरेर बिक्री गरेको थियो । यद्यपि यसमा युएसबी प्रिन्टरको सुविधा थिएन । यसमा लामा फाइल सेभ गर्नेदेखि टास्कबार र स्टार्ट मेन्यू जस्ता अप्सनहरु राखिएको छ । यसमा पनि ३२ बिट ग्राफिक युजर इन्टरफेस छ । स्मरण रहोस् माइक्रोसफ्टले विन्डोज ९८ मै केही मात्रै परिवर्तन गरेर सन् १९९९ मा विन्डोज एसई ल्याएको थियो ।

विन्डोज २०००

माइक्रोसफ्टले सन् २००० को फेब्रुअरी १७ मा विन्डोज २००० रिलिज गरेको थियो । यसलाई सबैभन्दा सुरक्षित अपरेटिङ सिस्टमको रुपमा माइक्रोसफ्टले ल्याएको थियो ।

विन्डोज एक्सपी

माइक्रोसफ्टले सन् २००१ को अक्टोबर २५ मा विन्डोज एक्सपी ल्याएको थियो । यसलाई एडभान्स पोर्टल पीसी पोर्टलका साथमा पेश गरिएको थियो । यो अपरेटिङ सिस्टमलाई कम्प्युटर छिटो स्टार्ट हुने तथा उत्कृष्ट ग्राफिकल युजर इन्टरफेस भएको मानिन्थ्यो ।

विन्डोज भिस्टा

विन्डोज भिस्टालाई माइक्रोसफ्टले सन् २००७ को जनवरी ३० मा ल्याएको थियो  । यो अपरेटिङ सिस्टम ग्राफिकल युजर इन्टरफेसको स्तरोन्नति गरिएको संस्करणको रुपमा थियो । यो नै पहिलो अपरेटिङ सिस्टम थियो जसमा प्रयोगकर्ताका लागि इन्स्टलेसन गर्न डिभिडी रोमको सुविधा उपलब्ध थियो ।

विन्डोज ७

सन् २००९ को अक्टोबर २२ मा सार्वजनिक भएको विन्डोज ७ निकै लोकप्रिय रह्यो । यसमा अपडेटेड टास्कबार र नयाँ डिजाइनको विन्डोज सेल थियो । यसमा फाइल म्यानेजमेन्ट सिस्टमको रुपमा लाइब्रेरिज पनि थपिएको थियो ।

विन्डोज ८

सन् २०१२ को अक्टाबर २६मा रिलिज भएको विन्डोज ८ मा नयाँ सेक्योरिटी फिचर राखिएको थियो । यसमा टास्कबार रिडिजाइन गरिएको थियो भने क्लाउड सर्भिसको समायोजनलाई पनि बढाइएको थियो ।

विन्डोज १०

सन् २०१५ को जुलाई १९ मा सार्वजनिक भएको विन्डोज १० मा यसअघिको विन्डोज ८ मा युजर इन्टरफेसमा रहेका कमीहरुलाई हटाउने प्रयास गरिएको थियो । यसमा भर्चुअल किबोर्ड सिस्टम पनि उपलब्ध थियो ।

विन्डोज ११

सन् २०२१ को बिल्ड कन्फ्रेसका क्रममा माइक्रोसफ्टले विन्डोज ११ पेश गरेको थियो । यो अपरेटिङ सिस्टमले ११० भाषा सपोर्ट गर्दछ । यसलाई हालसम्मकै सबैभन्दा सुरक्षित तथा अत्याधुनिक विन्डोज अपरेटिङ सिस्टम मानिन्छ ।

–एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?