+
+

शेखर कोइराला भन्छन् : प्रधानमन्त्रीको अभिव्यक्तिले ठेस पुगेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १३:१६

२३ असार, विराटनगर । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्ति गलत भएको बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिले जनतालाई पनि ठेस पुगेको उनले बताए ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्‍याएको छ ।’

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए । उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् ।

कोशीमा सभामुखको भूमिका संविधान विपरीत

नेता कोइरालाले कोशी प्रदेशमा सभामुखको भूमिका पनि संविधान विपरीत भएको बताए ।

सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत काम भएको उनको गुनासो छ । ‘सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन,’ उनले भने, ‘लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा भोलिका दिनमा अफ्ठ्यारो परिस्थिति सृजना हुने देखिएको छ ।’

प्रदेशमा देखिएको अहिलेको परिस्थितिको निकास एमालेले खोज्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?