+
+

अभिनेता सारुक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १६:१३
सारुको पार्थिव शरीरमा दागबत्ती दिंदै बुबा सानु ताम्राकार

काठमाडौं । अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सारुकको पार्थिव शरीरमा बुबा सानु ताम्राकारले दागबत्ती दिए । अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।

सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को-स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्मको उपस्थिति त्यहाँ थियो । सारुकको शवलाई त्यहाँ लैजाँदा आर्यघाटको माहोल स्तब्ध र भावुक बनेको थियो । कतिपय कलाकारले अभिनेताको सम्झनामा आँसु बगाए ।

बिहीबार बेलुका अभिनेता ताम्राकार काठमाडौंको रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक अवस्थामा उनको मृत्यु आत्महत्याबाट भएको बता एपनि थप अनुसन्धान हुने जनाएको छ । उनको मृत्युको खबर सार्वजनिक भएपछि फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले सारुकको मृत्युमा श्रद्धासुमन व्यक्त गरिरहेका छन् । रानी, मेरी मामु, इन्टुमिन्टु लण्डनमा लगायत फिल्ममा अभिनय गरेका सारुक पछिल्लो समय ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?