+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकार यसरी नै चलिरहे ०८४ मा जोसँग मिले पनि कांग्रेसले जित्दैन : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १५:०३

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले कांग्रेस सरकार भएको ठाउँमा राम्रो काम गरे बहुमत ल्याउन सकिने बताए ।

‘हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौं भने २०८४ को चुनावमा जो जो नयाँ आएपनि हामीलाई कसैले केही गर्न सक्दैन । सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौं’ पौडेलले भने ।

उनले कांग्रेस जुन जुन सरकारमा छ त्यहाँ सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा काम गर्ने र नागरिकको पक्षमा काम गर्न चाहेको छ भन्ने सन्देश दिनुपर्ने बताए । नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे ।

‘रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ । हामीले जान्न के प¥यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन् । हामी त अनि महत्वकांक्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिस्पर्धामा उत्रिन्छौँ । यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रस्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिस्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौं’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?