फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन्।
- पौडेलले सुकुमवासी हटाउँदा पूर्वतयारी नपुगेको हुनसक्ने धारणा व्यक्त गरेका हुन्।
- उनले सरकारको कार्यशैलीले नागरिक त्रसित हुनु नहुने र राम्रोसँग काम गर्नुपर्ने बताए।
१४ वैशाख, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।
नेता पौडेलले सुकुमवासी हटाउँदा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए ।
‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्,’ उनले भने ।
महामन्त्री पौडेलले सुकुमवासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमवासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4