+
+

विश्वकै पहिलो मानव रोबोट पत्रकार सम्मेलन, रोबोटले यसरी दिए जवाफ

एजेन्सी एजेन्सी
२०८० असार २४ गते १२:५०

विश्वकै पहिलो मानव-रोबोट पत्रकार सम्मेलन गत शुक्रबार, जुलाई ७ मा स्विट्जरल्याण्डको जेनेभामा आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा कुल ९ वटा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले युक्त मानवस्वरुप रोबोट (ह्युमनोइड रोबोट) हरु सहभागी भएका थिए । ती रोबोटहरुले पत्रकारद्वारा सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।

AI For Good  नाम दिइएको उक्त रोचक पत्रकार सम्मेलनमा रोबोटसँगै त्यसका निर्माताहरु पनि उपस्थित भएका थिए ।

विश्वलाई आर्टिफिसियल इन्टेलिजेन्स रोबोटको बारेमा परिचित गराउनका लागि उक्त पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ।

ती रोबोटहरु नयाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर बनाइएका हुन् । भविष्यमा आम मानिसलाई रोग तथा भोकजस्ता समस्याहरुको समाधानमा मद्दत गर्नका लागि यी रोबोटको प्रयोग गर्ने योजना समेत छ ।

पत्रकारका प्रश्नको उत्तर

उक्त सम्मेलनको प्रश्नोत्तरको भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएको छ । पत्रकारहरुले गरेका प्रश्नहरुको जवाफमा निलो नर्स पहिरन लगाएको ग्रेस नामक मेडिकल रोबोटले आफुले मानव सहायकको भूमिका निभाउने बाचा गरेको छ । साथै आफूले कुनै पनि काममा समस्या पैदा नगर्ने आश्वासन पनि दिएको छ ।

ग्रेसका निर्माता बेन गोएर्टजेलले पनि आफ्नो आबाजबाट उक्त बाचाको पुष्टि गर्ने कोसिस गरेका थिए र आफू यो कुरामा विश्वस्त रहेको बताएका थिए ।

अमेका रोबोटको रोचक जवाफ

अमेका नामक रोबोटलाई भविष्यमा आफ्नो मालिकका विरुद्ध उसको विद्रोह गर्नसक्ने सम्भावनाका बारेमा सोधिएको थियो । त्यसको जवाफमा उसले आफ्नो मालिक विल ज्याक्सनको प्रसंसा गर्दै आफू सदैव उनीप्रति बफादार रहने बाचा गर्‍यो ।

साथै त्यस्तो नसोच्न पनि पत्रकारहरुलाई अनुरोध गर्‍यो । भविष्यमा आफूजस्तै हजारौं रोबोट बनाउन सकिने उसले बताएको थियो ।

ऐदा नामको एक कलाकार रोबोट चित्रकारितामा अब्बल छ भने डेसडेमोना नामक रोबोट रक गीत गायनमा पोख्त छ ।

डेसडेमोना संसारलाई एक खेल मैदा हो भन्छ र आफ्ना सीमाहरुको साटो सम्भावनाहरुमा विश्वास राख्नुपर्दछ भन्ने उसको तर्क छ ।

सोफिया नामक रोबाटका अनुसार पढाउने काममा मानिसको तुलनामा रोबोट अब्बल हुन्छन् । जब सो रोबोट निर्माताले सोफियाको उक्त तर्कको खण्डन गरे तब सोफियाले आफ्नो तर्कको पुष्टि गर्ने प्रयास गर्दै रोबोटले प्रभावकारी ढंगबाट काम गर्नसक्ने र मानिसलाई सहयोग गर्न सक्ने बतायो ।

सम्मेलनमा विभिन्न प्रश्नहरुको जवाफ दिंदै रोबोटहरुले विश्वव्यापी समस्याको समाधानमा आफुहरुले सहयोग गर्नसक्ने, मानव रोजगारी नचोर्ने तथा मानिसका विरुद्ध विद्रोह पनि नगर्ने बताए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?