+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

तरुण दलको जम्बो समितिमा नेता र राजदूतका छोरा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १२:५७

२४ असार, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलको चार सय सदस्यीय कार्यसमितिमा नेताहरुका छोरा पनि परेका छन् । १५ महिनापछि पूर्णता पाएको तरुण दलको केन्द्रीय समिति विधानतः ९५ सदस्यीय हुने व्यवस्था छ ।

तरुण दलमा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौला, गोपालमान श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, ईश्वरी न्यौपानेका छोरा सरोज न्यौपाने केन्द्रीय सदस्य बनेका छन् । नेता विमलेन्द्र निधिका भतिजा मानवेन्द्र निधि पनि तरुण दलको केन्द्रीय सदस्य बनेका छन् ।

शहरी विकासमन्त्री सीता गुरुङको स्वकीय सचिव हेमन्त गुरुङ, भारतका लागि नेपाली राजदूत शंकर शर्मामा छोरा सरिन घिमिरे, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष आस्था विन्दु मल्ल, मधेशबाट हिमाली जिल्ला सोलुखुम्बु पुगेर कांग्रेसको राजनीति गर्दै आएका अशोक झा पनि तरुण दलको केन्द्रीय सदस्य बनेका छन् । झाको परिवार बसाइ सरेर हिमाली जिल्ला पुगेको थियो ।

त्यस्तै यौनिक अल्पसंख्यक भूमिका श्रेष्ठ पनि केन्द्रीय सदस्य छन् । चार सय जनाको टोलीमा मनाङ र रुकुम पूर्वबाट कोही पनि समेटिएका छैनन् । मुस्ताङबाट एक जना परेका छन् भने काठमाडौंबाट सबैभन्दा धेरै जना परेका छन् ।

रसुवा, डडेल्धुरा, पश्चिम रुकुमबाट संस्थापनइतरबाट कोही पनि परेनन् । २०७८ को ९ चैतमा सभापति शेरबहादुर देउवाले विद्धान गुरुङलाई तरुण दलको अध्यक्षमा मनोनित गरेका थिए भने त्यसपछि १४ असारमा विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?